दफा ३क
जिमिदार पटवारीको सामान्य कर्तव्य

(१) सम्बन्धित जग्गाको मालपोत कार्यालयले तोकिदिएको म्यादभित्र जिमिदार पटवारीले आफनो जिम्मा श्रेस्ता भएको जग्गाको कित्ता नम्बर समेतको विस्तृत विवरण खुलेको श्रेस्ता तयार गरी सम्बन्धित मालपोत कार्यालयमा बुझाईदिनु पर्दछ ।
(२) आफ्नो मौजाको सम्बन्धित क्षेत्रमा नापी वा नक्सा वा नियन्त्रण विन्दु स्थान खडा गर्ने काम थालिएमा सो काम शुरू भएदेखि समाप्त नभएसम्म जिमिदार, पटवारी वा निजहरूको प्रतिनिधिले नापी टोलीलेचाहेको बखत उपस्थित रही मद्दत गर्नु पर्छ ।